२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

मलेसियाको विमानस्थलमा नेपाली असुरक्षित

Nada
तिलोचन गौतम
२०८२ असोज १२ गते ०६:२५
Shares
मलेसियाको विमानस्थलमा नेपाली असुरक्षित

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरले मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल (केयलआइए)मा नेपाली श्रमिकहरूमाथि डर धाकधम्की तथा लुटपाट हुने गरेको बताएको छ । 

ncell

गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरले एक विज्ञप्तिमार्फत क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको पाचौं तला र बस स्टेसनको लिफ्टभित्र हरेक दिन नेपालीहरूलाई घर फर्कँदा डर, त्रास देखाउने पिटेर लुटिएको र डकैती शैलीमा चोरी हुने गरेको बताएको छ ।  

विमानस्थलमा यात्रा गर्दा असुरक्षित भएको  सयौं गुनासोहरू आउने गरेको भन्दै क्षेत्रीय समिति जोहोरले मलेसियामा नेपालीको अभिभावकका रूपमा रहेकोे नेपाली दूतावासले यथाशीघ्र ध्यान दिएर घर फर्किने कामदारको यात्रालाई सुरक्षित बनाउनुपर्ने माग गरेकोे छ ।

विगतमा पनि यस्ता घटनाहरू हुने गरेको भन्दै समितिले विगतमा नेपाली दूतावासकै सक्रिय पहलबाट केही हदसम्म असुरक्षा कम गर्न सफल भएको, तर अहिले विमानस्थल आसपास असुरक्षा बढेको बताएको छ ।

समितिले घर फर्कँदा विमान कम्पनीको नियमअनुसार आवश्यक समग्रीहरू मात्रै लगेज रफब्यागमा राख्ने, आफ्नो व्यक्तिगत मोबाइलमा अनावश्यक अश्लिल तस्बिर वा भिडियो र अनलाइन गेमहरू भएमा डिलिट गरेर जानुपर्ने र घर फर्किँदा जाने बुझेका साथीहरू वा आफ्नै कम्पनीको एचआर टिमसँग परामर्श लिएर यात्रा गर्न आग्रह गरेको छ ।

समितिले नेपालीलाई लुट्ने काममा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलकै कतिपय कर्मचारी र केही स्थानीय व्यक्तिहरूको मिलेमतो रहने गरेको पनि बताएको छ । विमानस्थलमा लगेज फुटाएर महत्वपूर्ण सामानहरू चोरी गर्ने गरिएको पनि समितिको भनाइ छ ।

सम्बन्धित खबर