२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिजी नेटको अत्याधुनिक वाइफाइ–६ प्रविधिमा आधारित सेवा सञ्चालनमा

Nada
२०८१ साउन ६ गते १५:२३
Shares
सिजी नेटको अत्याधुनिक वाइफाइ–६ प्रविधिमा आधारित सेवा सञ्चालनमा

काठमाडौं : इन्टरनेट सेवा प्रदायक सिजी नेटले उच्च गतिको अत्याधुनिक वाइफाइ–६ उपकरणसहितको सेवा घोषणा गरेको छ ।

ncell

विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा बढी उच्च गतिका साथ एकै पटकमा १५ देखि २० जनासम्म प्रयोगकर्तालाई सुरक्षाको हिसाबले कम जोखिम र उच्च गतिको इन्टरनेट सेवा प्रवाह गर्ने कम्पनीले जनाएको छ ।

सिजी नेटले हाललाई यो प्रविधि र सेवा काठमाडौं उपत्यका बाहिरका आफ्नो सेवा विस्तार भएका स्थानहरुमा उपलब्ध गराइने जनाएको छ । सिजी नेटले आफ्ना विद्यमान ३५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई ३५० एमबीपीएस गतिको इन्टरनेट सेवा लिन चाहेको खण्डमा यही साउन ११ गतेसम्मका लागि निःशुल्क यो प्रविधि उपलब्ध गराउने घोषणा गरेको छ ।

कम्पनीले बाँकी ग्राहकहरुले ६६६ एमबीपीएस इन्टरनेटको वार्षिक १९ हजार ४ सय ४९ रुपैयाँ र ६६७ एमबीपीएस इन्टरनेट र आईपी टिभीको २३ हजार ७ सय १ रुपैयाँ तिरेर जडान गर्न सक्ने जनाएको छ । आफ्ना आधुनिक इन्टरनेट प्रयोगकर्ताको उच्च मागलाई सम्बोधन गर्न यो सेवा शुरुवात गरिएको जनाउँदै यो प्रविधिले आफ्ना ग्राहक र नेपालीलाई विश्वव्यापी प्रविधिको अग्र भागमा पु¥याउने सिजी नेटको दाबी छ ।

प्रविधि र सेवासम्बन्धी थप जानकारी सिजी नेटले आफ्नो वेबसाइटमा राखेको छ । साथै ग्राहकले कम्पनीको ग्राहक सेवा प्रतिनिधिसँग सिधै सम्पर्क गरेर पनि यो प्रविधि र सेवाका बारेमा जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर