२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

अन्तर्राष्ट्रिय उडानको भाडा ५० प्रतिशतसम्म वृद्धि हुन सक्ने

Nada
२०८२ असोज २१ गते ०८:३०
Shares
अन्तर्राष्ट्रिय उडानको भाडा ५० प्रतिशतसम्म वृद्धि हुन सक्ने

काठमाडौं : यसपटकको अंग्रेजी नयाँ वर्षको आसपास अन्तर्राष्ट्रिय उडानको हवाई भाडा ५० प्रतिशतसम्म वृद्धि हुने आँकलन गरिएको छ । अन्तर्राष्ट्रिय उडानको हवाई भाडामा अस्वाभाविक रूपमा वृद्धि भएमा ठुलो संख्यामा वैदेशिक रोजगारमा जाने नेपाली कामदारमाथि आर्थिक मार पर्नेछ ।

ncell

हाल नेपालबाट मासिक ७० हजार  हाराहारीमा वैदेशिक रोजगारमा जाने गरेका छन् । तिनीहरूमध्ये  करिब ५ प्रतिशत कामदारले मात्रै रोजगारदाताबाट हवाई टिकट पाउने गरेका छन् । अन्यले हवाई टिकटको रकम आफैंले बेहोर्नुपरेको छ ।

अन्तर्राष्ट्रिय उडान विज्ञहरूले नयाँ वर्षको बिदा नजिकिँदै जाँदा हवाई भाडा ५० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेका छन् । उनीहरूले चर्को मूल्यबाट बच्न अहिले बुकिङ गर्ने उपयुक्त समय भएको बताएका छन् । अहिले नै टिकट बुकिङ गर्ने यात्रुहरूले नोभेम्बरको अन्त्यसम्मको तुलनामा औसतमा ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म बचत गर्न सक्ने बताइएको छ ।

खालिज टाइम्सका अनुसार दुबईदेखि लन्डनजस्तो लोकप्रिय रुटका हाल लगभग २८  दिराम रहेको भाडा छ, नोभेम्बरको अन्त्यसम्ममा ४२ सय दिरामसम्म बढ्न सक्ने एक समाचारमा उल्लेख गरेको छ । मुसाफिर डटकमका सिइओ रहेश बाबुले भनेका छन्,  ‘हामी जति डिसेम्बरको नजिकिँदै जान्छौं, अन्तर्राष्ट्रिय हवाई यात्राको मूल्य त्यति नै बढ्छ, त्यसैले सकेसम्म चाँडो बुकिङ गर्न उपयुक्त हुनेछ ।’ अन्तर्राष्ट्रिय उडानका क्षेत्रमा  डिसेम्बर १५–२८ को समयलाई अति व्यस्त समयका रूपमा लिने गरिएको छ ।

मुसाफिरका सिइओ बाबुले अन्तर्राष्ट्रिय यात्राहरूका लागि सामान्यतया ६ देखि ८ हप्ता करिब दुई महिनाअघि नै बुकिङ गर्नु उपयुक्त हुने बताए । क्लियरट्रिप अरेबियाका प्रमुख व्यापार अधिकृत समीर बागुलले पनि ग्राहकलाई अग्रिम यात्रा बुक गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर