२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित

shivam cement
मध्यान्ह
२०८१ साउन ६ गते १६:३९
उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित

काठमाडौं : मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० का लागि ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको हो ।

यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६र०७७ , २०७७/७८ , २०७८/०७९ र २०७९/०८० गरी लगातार पाँचौं पटक पुरस्कृत भएको हो । आइक्यानले ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ विभिन्न पाँच विधामा प्रस्तुत गरेको थियो ।

विधाहरुमा १. निजी बैंकिङ क्षेत्र २. वित्तीय सेवा क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु) ३. उत्पादन क्षेत्र ४. शक्ति र ऊर्जा क्षेत्र ५. सेवा क्षेत्र छन् । विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरु मध्येबाट उक्त कम्पनीले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ ।

गत शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

साथै बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise