२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

कतारमा नेपालीलाई दूतावासको १७ बुँदे निर्देशन

Nada
२०८२ असोज २३ गते ०६:२०
Shares
कतारमा नेपालीलाई दूतावासको १७ बुँदे निर्देशन

दोहा, कतार : कतारस्थित नेपाली राजदूतावासले अनुशासन पालनाका लागि नेपालीलाई १७ बुँदे निर्देशन जारी गरेको छ ।

ncell

कतारको नियम, कानुन, सांस्कृतिक मूल्य–मान्यता पूर्णरुपमा पालना गर्न अनुरोध गर्दै नेपाली राजदूतावासले सार्वजनिक स्थलमा मादक पदार्थ सेवन तथा झैझगडा, लागूपदार्थ ओसारपसार, मादक पदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोबार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली गलौज र चरित्र हत्या, तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाइदिने भनी ठगी कार्य, अध्यागमन र ट्राफिक नियमको उल्लंघनलगायतका दण्डनीय कार्य नगर्न आग्रह गरेको हो ।

नेपालमा भदौ अन्तिम साता भएको जेनजी विद्रोह पछि नेपाली कामदारका मुख्य श्रम गन्तव्य मुलुकहरूले भिसा जारी गर्न ढिलाइ गरिरहेको अवस्थामा नेपाली राजदूतावास कतारले नेपालीहरूलाई सचेत गराएको हो । 

नेपाली राजदूतावासले सार्वजनिक स्थलमा अमर्यादित, उच्छृंखल र भड्किलो पोसाक लगाएर नहिँड्न आग्रह गरेको छ । त्यसैगरी राजदूतावासले अध्यागमन र ट्राफिक नियमको पालना गर्न, प्रलोभनमा परेर वा नबुझी कुनै कागजातमा सही नगर्न, राहदानी, कतार परिचय पत्र, बैंक खाता नम्बर, फोनको सिम कार्ड कसैलाई पनि नदिन, कुनै किसिमको बैंक ऋण नलिन, एउटा कम्पनीको कतार आइडी लिएर अर्को कम्पनीमा काम नगर्न पनि आग्रह गरेको छ ।

सम्बन्धित खबर