२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एनआईसी एशिया बैंक २७औं वर्षमा प्रवेश

ADV
मध्यान्ह
२०८१ साउन ६ गते २१:२९
एनआईसी एशिया बैंक २७औं वर्षमा प्रवेश

काठमाडौं : एनआईसी एशिया बैंक २७ वर्षमा प्रवेश गरेको छ । बैंक साउन ५ गतेदेखि स्थापनाको २६ वर्ष पार गरी २७ वर्षमा लागेको हो । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नारासहित अघि बढेको बैंक २७ औं वार्षिकोत्सव मनाउन लागेको छ । 

२७ वर्षअघि सम्पूर्ण सरोकारवालाको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरु भएको यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बन्न सफल भएको बैंकले जनाएको छ ।

२७ वर्षको अवधिमा स्नेह एवं भरोसा दर्शाइ योगदान दिने ग्राहक, नियामक निकायहरु, शेयरधनी, कर्मचारीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा बैंकले धन्यवाद व्यक्त गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise