२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’ का विजेताहरूलाई प्रमाणपत्र वितरण

Nada
२०८१ साउन ७ गते ११:५९
Shares
‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’ का विजेताहरूलाई प्रमाणपत्र वितरण

काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’ का विजेताहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको उक्त प्रतियोगिताको सफलता पार्टी कार्यक्रममा विजेताहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । 

ncell

नवौं संस्करणको प्रतियोगिता अन्तर्गत ‘मिस ब्युटिफुल नेपाल’ को उपाधि सञ्जिला तामाङले जितेकी थिईन् । विपना मल्ल ‘फष्ट रनरअप’, इश्वरी हमाल ठकुरी ‘सेकेण्ड रनरअप’ र ‘पब्लिक च्वाईस’, जेलिना भट्टराई ‘मोष्ट पपुलर’ र सञ्जिला तामाङ ‘मोष्ट ट्यालेन्ट’ घोषित भएका थिए ।

आठौं संस्करणको ‘मिसेस ब्युटिफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेकी थिईन् । रमिता बज्राचार्य ‘फष्ट रनरअप’, रितु रौनियार ‘सेकेण्ड रनरअप’, विजया अधिकारी ‘पब्लिक च्वाईस’ र ‘मोष्ट पपुलर’ घोषित भएका थिए । 

प्रतियोगिताका विजेताहरूलाई सम्मानपत्रसहित आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।  बत्तीसपुतलीको इम्पेरियल होटेलमा आयोजित सफलता पार्टीमा विजेताका साथै थुप्रै कलाकार र पत्रकारलाई निम्तो गरिएको थियो । 

सफलता पार्टी कार्यक्रममा मुख्य अतिथिको रुपमा पूर्व मन्त्री शेरबहादुर तामाङ, विशेष अतिथिका रुपमा कलाकार रमेश बुढाथोकी तथा निर्णायक मण्डलका सदस्यहरू अभिनेता सरोज खनाल, गायक यम बराल,गायिका मञ्जु थापा, इभेन्ट डाइरेक्टर बालकृष्ण पोखरेल, शिक्षिका मन कुमारी पोखरेल, मिसेस गुरुङ २०२२ की विजेता निलम गुरुङलगायत अन्य थुप्रै कलाकारको उपस्थिति थियो । 

दक्ष इन्टरनेशनलका प्रमुख एवम् कार्यक्रम संयोजक मेकअप आर्टिष्ट टेकराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’ को सफलता पार्टी कार्यक्रम अश्विनी झाले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर