२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

अब टी–२० विश्वकपमा एसियाबाट तीन टोली

ADV
मध्यान्ह
२०८१ साउन ७ गते २०:२५
अब टी–२० विश्वकपमा एसियाबाट तीन टोली

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०२६ मा हुने टी–२० विश्वकप क्रिकेटका लागि क्षेत्रीय छनोटको कोट निर्धारण गरेको छ । श्रीलंकास्थित कोलम्बोमा बसेको आईसीसीको बोर्ड बैठकले अफ्रिका र युरोपका लागि दुई–दुई वटा र अमेरिका क्षेत्रबाट एक वटा कोटा निर्धारण गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले एसियका लागि तीन वटा कोटा निर्धारण गर्ने निर्णय गरेको छ । यसअघि एसिया र इस्ट एसिया प्यासेफिक गरी दुई टोली विश्वकपमा छनोट हुने गरेकोमा अब दुबैलाई गाभेर तीन वटा टोली छनोट गरिने आईसीसीले जानकारी दिएको छ ।

एसिया छनोटमा नेपाल, ओमान र पपुवा न्युगिनी सिधा छनोट भइसकेका छन् । अब क्षेत्रीय छनोटबाट आउने एसियाका बाँकी टोलीबीचको प्रतिस्पर्धाबाट तीन टोलीले टी–२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन् ।

टी–२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन् । जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन् । आयोजकबाहेक अरू टोली टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुगेका कारण छनोट भएका हुन् । वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन् ।

यस्तै बैठकले सन् २०३० को टी–२० महिला विश्वकपमा १६ टोलीलाई सहभागिता गराउने निर्णय गरेको छ । गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकपमा १० टोलीले सहभागिता जनाएका थिए ।

यसै वर्ष बंगलादेशमा हुनेमा विश्वकपमा पनि १० टोलीले सहभागिता जनाउने छन् । त्यस्तै, सन् २०२६ मा इङ्ल्यान्डमा हुने विश्वकपमा १२ टोलीले सहभागिता जनाउने छन् भने २०३० हुने विश्वकपमा १६ टोलीले सहभागिता जनाउने छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise