२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

काभा यु–२० महिला भलिबल : नेपालको यात्रा सेमिफाइनलमै रोकियो

ADV
मध्यान्ह
२०८१ साउन ८ गते १०:२०
काभा यु–२० महिला भलिबल : नेपालको यात्रा सेमिफाइनलमै रोकियो

काठमाडौँ : काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो ।

लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो । अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्सको सामना गर्नेछ । 

फाइनलमा भने कीर्गिस्तान र श्रीलंका भिड्नेछन् । पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise