२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बुटवल हस्पिटल र पश्चिम नेपाल बसबीच उपचार सहकार्य सहमति

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ८ गते २१:१२
बुटवल हस्पिटल र पश्चिम नेपाल बसबीच उपचार सहकार्य सहमति

बुटवल : बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि बुटवल हस्पिटल प्रालिले बुटवल क्षेत्रका संघ संस्थामार्फत् पनि उपचार सहजता सम्झौता अघि बढाएको छ । यसैक्रममा मंगलबार नेपालमै धेरै यातायात व्यवसायीहरु आवद्ध रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग उपचार सहजता सम्झौता गरेको हो । अस्पतालले अब पश्चिम नेपाल बस व्यवसायीसँगको सहकार्यमा उपचार प्रक्रिया अघि बढाउने र सम्झौता पछि पश्चिम नेपाल बस व्यवसायी प्रालिको सिफारिसमा अस्पतालले बिरामीको उपचार गर्ने उल्लेख गरिएको छ  ।

त्यसरी संस्थागत सिफारिसमा आउने विरामीहरुका लागि हस्पिटलले विशेष छुट सहित उपचार गर्नेगरी लिखित सम्झौता गरेको हो । सम्झौतामा बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले हस्ताक्षर गरेका छन् भने बस व्यवसायीका तर्फबाट संचालक तथा दुर्घटना शाखा संयोजक जीवन बञ्जाडे र दुर्घटना शाखा प्रमुख सुरेश न्यौपाने हस्ताक्षर गरेका छन् ।

बुटवल हस्पिटल प्रालिका अध्यक्ष पौडेलले बुटवल हस्पिटल सरल सहज सुविधा सम्पन्न अस्पताल बनेको बताउँदै अबका दिनमा यहाँका बिरामीहरु उपचारका लागि राजधानी काडमाडौंदेखि भारतीय सहरहरुमा जानु पर्ने अवस्थामा कमि ल्याउने उद्देश्य रहेको बताए । ‘अहिले पनि धेरै बिरामीहरु भारतीय शहरहरुमा जाने र ठूलो धनराशी खर्च गर्ने अवस्था छ, हामीले त्यसलाई रोक्ने र गुणस्तरीय सेवा दिने विषयमा लाग्नु पर्दछ’, उनले भने ।

उनले देशभरी नै सञ्जाल रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिसँगको सहकार्यले बिरामीहरुलाई थप सेवा र सहजता हुने बताए । सम्झौतापत्रमा हस्ताक्षर गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रालिका संचालक तथा दुर्घटना संयोजक जीवनकुमार बञ्जाडेले यस क्षेत्रमै अस्पतालकै लागि भनेर बुटवल हस्पिटलको भवन बनेको भन्दै यहाँको सेवा सुविधाले बिरामीहरुलाई काठमाडौं पठाउन नपर्ने बताए ।

बुटवल हस्पिटलसँग पश्चिम नेपाल बस व्यवसायी प्रालिको उपचार सम्झौता सँगै देशभरीका व्यवसायीहरुका लागि पनि सहज हुने प्रालिका दुर्घटना शाखा प्रमुख सुरेश न्यौपालेले दाबी गरे । सम्झौता भएसँगै अब पश्चिम नेपाल बस व्यवसायी प्रालिमा सवार यात्रु, कर्मचारी मजदुर व्यवसायी र उनिहरुको परिवारको उपचार बुटवल हस्पिटलमा विशेष छुट सहित हुने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise