पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमका कारण राजधानी उपत्यकाको सवारी व्यवस्थापन मंगलबार दिनभर अस्तव्यस्त बन्यो । विशिष्ट व्यक्तित्वको सवारी हुँदा राजधानी उपत्यकाको सवारी आवामगन त्यसैपनि प्रभावित हुनेगर्छ । मंगलबार त्यस्तै प्रभाव प¥यो । पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेट अगाडि अवस्थित पृथ्वीनारायण शाहको सालिकको माल्यार्पणमा राष्ट्रपति विद्यादेवी भण्डारी निस्किएकी थिइन् । राष्ट्रपति भण्डारीसँग मन्त्रीहरु समेत सहभागी भएकाले सिंहदरबार वरपरका मुख्य सडक प्रभावित बन्न पुग्यो । अझ पूर्वराजा ज्ञानेन्द शाह पहिलोपटक सालिकमा माल्यार्पण गर्न पुगेका थिए । गणतन्त्र आएपछि उनी पहिलोपटक माल्यार्पण गर्न पुगेका हुन् । ज्ञानेन्द्र शाह सालिक जाँदै गर्दा उनका समर्थकहरु सडक प्रदर्शनमा थिए ।
ज्ञानेन्द्र शाहका समर्थकहरु सिंहदरबारको पश्चिम गेट देखि भद्रकालीसम्म भरिएका थिए । गणतान्त्रिक मुलुकका ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीमा निस्किनुलाई कतिपयले आपत्ति जनाएका छन् । उसो त ज्ञानेन्द्र शाहले पनि मुलुकमा विदेशी हस्तक्षेप बढेकाले राष्ट्रिय एकताका निम्ति सडकमा निस्कनु परेको प्रष्टोक्ति दिएका छन् । गणतन्त्रमा हरेक नागरिकलाई आफ्नो विचार रोज्ने र गतिविधि गर्न पाउने अधिकार सुरक्षित गरिएको छ । ज्ञानेन्द्र शाह पनि मुलुकको नागरिकको हैसियतमा रहेकाले त्यो अधिकार सुरक्षित छ । तर गणतान्त्रिक प्रणालीप्रति अनाष्ठा फैलाउनेगरी ज्ञानेन्द्र शाहले राष्ट्रियताका विषय उठाएका छन् । दलहरुले एकअर्का विरुद्ध सशक्त देखिन राष्ट्रवादी बन्ने गरेका थिए । तिनै कार्ड ज्ञानेन्द्र शाहले पनि उठाएका छन् ।
यसको अर्थ ज्ञानेन्द्र शाहले पनि तिनै कार्ड फ्याकेका छन्, जुन कार्ड नेताहरुले फ्याक्ने गरेका थिए । अहिले आफ्नो स्वार्थसिद्ध गर्न र शासन सत्तामा पुग्न अनेक नामको राष्ट्रवाद फ्याकिने गरेको छ । कतिपय दलहरुले धर्मलाई राष्ट्रियता मानेका छन् भने कतिपयले अन्तर्राष्ट्रिय सन्धीहरुलाई राष्ट्रियताको आधार बनाएका छन् । त्यही क्रममा ज्ञानेन्द्र शाहले पनि राजतन्त्रलाई राष्ट्रियताको प्रतीक मानेको अनुमान गर्न गाह्रो पर्दैन । जबकी अहिले हामीले उपभोग गरिरहेको व्यवस्थाको राष्ट्र भनेको नेपाली जनता हुन् । सार्वभौमसत्ता नेपाली जनतामा निहीत छ । तर अनेक शक्तिले राष्ट्रवादका निम्ति साझा प्रतीकहरुलाई पनि विवादमा तान्ने गरेका छन् । जुन मुलुक र नागरिकका निम्ति दुर्भाग्यपूर्ण छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies