२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एनआइसी एसियाका ग्राहकलाई ‘द क्लिफ नेपाल’मा छुट

shivam cement
२०८२ कार्तिक २३ गते २०:५०
Shares
एनआइसी एसियाका ग्राहकलाई ‘द क्लिफ नेपाल’मा छुट

काठमाडौं : एनआइसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई पर्वतको पर्यटकीय गन्तव्य द क्लिफ नेपालमा विभिन्न सेवामा १० प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता सम्पन्न गरेको छ ।

यस सम्झौता पश्चात् बैंकका ग्राहकहरूले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध आवास सेवा, मेगाट्रोल, स्काइसाइकल र स्काइ क्याफे सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत डिजिटल भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित खबर