
काठमाडौं : सिद्धार्थ बैंकका ग्राहकलाई गोकर्णेश्वर, काठमाडौं स्थित माउन्ट अफ एक्सेलको सेवामा छुट हुने भएको छ । बैंक र एक्सेलबीच एक्सेलको विभिन्न सेवामा छुट दिनेसम्बन्धी भएको सम्झौताअनुसार सो छुट हुने भएको हो ।
सम्झौता अनुसार एक्सेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।