२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

दिल्लीमा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु

shivam cement
२०८२ कार्तिक २४ गते २१:३५
Shares
दिल्लीमा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं : भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट भएको छ । विस्फोट परेर ठूलो संख्यामा मानवीय क्षति भएको आशंका भारतीय अधिकारीहरूले गरेका छन । कम्तीमा ८ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएका विवरण सार्वजनिक भएको छ । 

कांग्रेसका प्रवक्ता पवन खेडाका अनुसार मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । यो दुखःद घडीमा शोकाकुल परिवारप्रति साथमा रहेको भन्दै उनले सरकारलाई घटनाको निश्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन् । 

अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार कारमा भयानक विस्फोट भएको हो । त्यसपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ । 

ADV

सम्बन्धित खबर