२०८२ कार्तिक २५ गते मङ्गलवार / Nov 11 , 2025 , Tuesday
२०८२ कार्तिक २५ गते मङ्गलवार
Ads

तालिका थप भएपछि भोजपुर-काठमाडौं अब चार उडान

shivam cement
२०८२ कार्तिक २५ गते १६:५६
Shares
तालिका थप भएपछि भोजपुर-काठमाडौं अब चार उडान

भोजपुर : पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । विगतमा हप्तामा दुई उडान मात्र भोजपुर–काठमाडौं हुँदै आएकामा अब चार उडान हुनेछन् । 

प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौं-भोजपुर-काठमाडौं उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए ।

उनका अनुसार यही कात्तिक २६ गतेदेखि लागू हुनेगरी अब मंगलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन गरिनेछ । यसभन्दा अगाडि बिहीबार र शनिबार मात्र उडान हुँदै आइरहेको थियो । 

मर्मतमा रहेको अर्को जहाज पनि सञ्चालनमा आएसँगै भोजपुरमा पनि उडान थप गरिएको छ । निगमले यात्रुहरूलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत ‘अनलाइन टिकट’ खरिद गर्न सकिने व्यवस्थासमेत गर्दै आइरहेको छ ।

यहाँ यातायातका साधन सञ्चालनमा आएसँगै भोजपुर-विराटनगरको उडान भने बन्द भएको छ । विसं २०३५ मा घाँसेमैदानबाट सुरु भएको उडान अहिले विमानस्थल कालोपत्र भए पनि निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने र आउने यात्रु मारमा पर्दै आइरहेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर