२०८२ कार्तिक २६ गते बुधवार / Nov 12 , 2025 , Wednesday
२०८२ कार्तिक २६ गते बुधवार
Ads

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

shivam cement
२०८२ कार्तिक २५ गते २१:१५
Shares
सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

काठमाडौं : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरीय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको हो ।

कम्पनीले कार्यक्रममा सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरू मध्ये प्रथम बिमाशुल्क संकलन, बिमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरेको थियो । 

सुदूर पश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित ३ सयभन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए । साथै नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित २ सयभन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिएका थिए ।

ADV

सम्बन्धित खबर