२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कुमारीले ल्यायो ग्रिन सेभिङ डिपोजिट अकाउन्ट

shivam cement
२०८२ कार्तिक २५ गते २१:१७
Shares
कुमारीले ल्यायो ग्रिन सेभिङ डिपोजिट अकाउन्ट

काठमाडौं : कुमारी बैंकले ग्रिन सेभिङ डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । दिगो विकासका लक्ष्यहरू प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यावसायिक साझेदारीहरु मार्फत टेवा पु¥याउने उद्देश्यले बैंकले सो खाता ल्याएको हो ।

बैंकका अनुसार ‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने छ । यसबाट प्रत्येक निक्षेपकर्ताहरूकोे पर्यावरण संरक्षण तथा प्रवर्धनमा अप्रत्यक्षरूपमा सहभागिता रहनुका साथै खातावालहरूले आकर्षक सुविधासमेत प्राप्त गर्ने बैंकले जनाएको छ ।

सो खातामा साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाख सम्मको बिमा सुविधा, दुई वर्ष निःशुल्क मोबाइल बैकिङ सेवा दुई लाख सम्मको फोनलोन सुविधा र प्रत्येक खाता बापत एक रुख रोपिने सुविधा रहने बैंकले जनाएको छ ।

यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवर्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरूमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले बताएका छन् ।

सम्बन्धित खबर