ऐजेन्सी : जापानको मौसम विज्ञान एजेन्सीले जापानमा सुनामी आउन सक्ने चेतावनीयुत्त सन्देश जारी गरेको छ । जापानमा शनिबार मध्यराति तिर यो सूचना जारी गरिएको हो । टोंगामा शनिबार शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति उक्त सूचना जारी गरेको हो ।
दक्षिणी प्यासिफिक टापूको टोंगामा शनिबार ज्वालामुखी विस्फोट भएपछि जापानको प्यासिफिक क्षेत्रमा यसको खतरा रहेको बताइएको हो । त्यहाँ सुनामी आउन सक्ने भन्दै सामुद्री किनाराका नागरिकलाई उद्धार गरी अन्यत्रै सारिएको छ । साथै यस वरपरका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
जापानको पूर्वी समुन्द्री किनारामा सुनामीको संकेत नै देखिइसकेको यससम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँको अमामी टापू तथा यस वरपरको समद्री किनारामा पानीको सतह केही माथिसम्म आएको र यसबाट सम्भावित सुनामीको संकेत देखिइसकेको बताइएको छ ।
जापानको दक्षिणपश्चिमी सामुद्री किनाराहरुमा करिब तीन मिटरसम्मको सुनामी आउनसक्ने सो निकायले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies