काठमाडौं : लोकगायक रामप्रसाद खनालले एकैसाथ ७ वटा गीत ल्याउने तयारी गरिरहेका छन् । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही अगाडि नेपाल आएका थिए । हरेक पटक नेपाल आउँदा नयाँ गीत संगीत र पुस्तक सार्वजनिक गर्ने खनालले हालै ‘माटोको दुखाई’ नामक कविता संग्रह समेत सार्वजनिक गरेका छन् ।
खनालले सार्वजनिक गर्ने तयारी गरेका ७ गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्मका फरक–फरक बिधा छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायांकन समेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताए ।
बढ्दै गइरहेको कोरोनाका कारण बाँकी गीतको म्युजिक भिडियो छायांकन सम्भव हुन नसकेको खनालले बताए । खनालले ल्याउन लागेका ७ गीतमध्ये पहिलो भजन, हे कृष्ण हे राम गीत तथा गजलहरु, बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले, एउटा ढुकुर उडिगयो, यस्तै छ यहाँको चलन, बाँकी छ हेर, फूल फुलेझैं लगाएत रहेको छ ।
लोकदोहोरी गीत अलि पृथक रहेको उनको भनाई रहेको छ । म्युजिक भिडियो छायाङ्कन भएको गीतहरू भने २ देखि ४ हप्ताको अन्तरमा सबै सार्वजनिक गर्ने खनालले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies