२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

शिक्षकलाई आइएफआरएससम्बन्धी तालिम

shivam cement
हिक्मत भुल
२०८२ कार्तिक २९ गते २१:२२
Shares
शिक्षकलाई आइएफआरएससम्बन्धी तालिम

धनगढी : एसोसिएसन अफ सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए) र नेशनल कलेज अफ एकाउन्टेसी (एनसीए) को संयुक्त आयोजनामा धनगढीमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानक (आइएफआरएस) सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ । तालिममा कैलाली, कञ्चनपुर र बर्दियाका विभिन्न विद्यालयका लेखा विषय अध्यापन गर्ने ६५ शिक्षक–शिक्षिकाले भाग लिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि, सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रा.डा. पदमराज जोशीले तालिम लेखा शिक्षकहरूका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै लेखा प्रणाली दुरुस्त भएमा कुनै पनि संस्थामा पारदर्शिता र विश्वसनीयता कायम हुने उल्लेख गरेका थिए । 

उनले भने,‘लेखा परीक्षणलाई व्यवस्थित बनाउन नयाँ आयामका रूपमा आइएफआरएस नेपालमा लागू हुँदैछ । अधिकांश वित्तीय संस्थाहरूले एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्न सुरु गरिसकेका छन् ।’

एसीसीए नेपालका प्रमुख रविन कटुवालले तालिम देशभर सञ्चालन भइरहेको र सहभागीहरूले अत्यन्त उपयोगी प्रतिक्रिया दिएको जानकारी दिए । 

उनले लगानीकर्तामार्फत वित्तीय विवरण अध्ययन गर्दा स्पष्टता आवश्यक हुने भएकाले आईएफआरएस÷एनएफआरएस प्रणालीको माग बढ्दो रहेको पनि बताए । 

कार्यक्रमका विशिष्ट अतिथि, शैक्षिक विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले शिक्षा क्षेत्रमा सुशासनको आधार दुरुस्त लेखा प्रणाली रहेको बताउँदै परिवर्तनका मुख्य नेतृत्वकर्ता शिक्षक भएको हुँदा तालिमले विद्यार्थी मात्र होइन, समग्र संस्थागत विकासमा पनि योगदान पुर्‍याउने बताए ।

विशिष्ट अतिथिका रूपमा प्रा.डा.हेमराज पन्त, डा.गोविन्द राज जोशी, एन प्याप्सनका केन्द्रीय उपाध्यक्ष सुरेश पन्त लगायत उपस्थित थिए । कार्यक्रममा सहभागी शिक्षक–शिक्षिकालाई नास्ट कलेजका प्रिन्सिपल शिवहरी मुडभरिले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको संयोजन शिक्षाविद् नारायण आचार्यले गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर