२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

shivam cement
२०८२ चैत २ गते १८:१३
Shares
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने कञ्चनुर भीमदत्त नगरपालिका–१८ घर भएकी ५१ वर्षीया गीता भण्डारी रहेकी छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको  छ । 

गीताले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर