
काठमाडौं : ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए–६ प्रो को प्रि–बुकिङ खुला गरेको छ । ग्राहकहरूले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन् ।
प्रि–बुकिङ मंसिर १ गतेसम्म सबै ओप्पो अधिकृत खुद्रा पसलमा गर्न सकिनेछ । ओप्पो ए–६ प्रो प्रि–बुक गर्नेले ३ हजार ४ सय ९९ मूल्यका ओप्पो इन्को बड्स ३ प्रो जित्न सक्नेछन् । अफर अन्तरगत पहिले बुकिङ गर्ने ४ सय जना ग्राहकले मात्र प्राप्त गर्ने बताइएको छ ।
ग्राहकहरूले नजिकको ओप्पो अधिकारीक बिक्रेतामा गएर प्रि–बुकिङ फारम भर्नुपर्छ । प्रि–बुकिङ पूरा गर्ने पहिलो ४ सय ग्राहकहरू स्वतः यो विशेष उपहार अफरका लागि योग्य हुनेछन् । यो स्मार्टफोन मंसिर २ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछ । जसले ओप्पोको लोकप्रिय ए सिरिजलाई थप मजबुत बनाउने बताइएको छ ।