– आर्यश शर्मा घिमिरे, ललितपुर
म
साहस बटुलेर
जुनेली रातको आकाशमा हेर्छु
अतित भरिएको
मरिसकेका सम्झनाहरुले
अचानक आँखा रसाउछन्
म कसरी प्रेम गर्न सक्छुँ ?
‘जून’का काव्यिक पदहरु
सुर्य होइन्,
ताराहरु होइनन्,
चन्द्रमा पनि होइन् !
‘जून’ हो केवल मेरो ‘जून’ ।
बादलहरुको बालकनीबाट
मभन्दा माथी,
‘जून’ फुसफुसाउँछ
र एउटा तारा फ्याँक्छ ।
आह !
तर ‘जून’ दुईपटक चम्किन्छ
ताराझैँ उज्वल यो फ्याँक्छ
शीतल छाँया फ्याँकिरहन्छ ।
एकदिन म,
धर्तीभन्दा माथि माथि
दूर अन्तरीक्ष जानेछुँ,
बस् मेरो ‘जून’ सँग एकाकार हुन्,
जहाँ,
चाँदनी किरणहरुले
मेरो कालो कपाल सेतो रंगको हुनेछ ।
अहो !
म के कविता लेख्थेँ होला र !
यदि म ‘जून’ बनाउन सक्थे,
मेरो, सबै मेरो ‘हुने थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies