२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

ADV
मध्यान्ह
२०८१ साउन १० गते १६:३०
नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ : एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता  खेल्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ । 

श्रीलंकामा जारी एसिसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपाल समूह चरणबाट बाहिरिएपछि आज  स्वदेश फर्किएको हो । यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएको थियो । त्यतिबेला पनि नेपालले जित हासिल गर्न सकेको थिएन । 

यसपटक नेपालले खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा पराजय भोगेको छ । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराएको थियो । एसिया कपको इतिहासमा नेपालको यो पहिलो जित हो । त्यस्तै नेपाल पाकिस्तानसँगको दोस्रो खेलमा नौ विकेटले पराजित भयो । तेस्रो खेलमा भारतसँग ८२ रनको हार ब्यहोरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise