
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ (एनआरएनए)लाई राजनितिक दलको नबनाउन आग्रह गरेका छन् ।
आइतबार आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता घोषणा कार्यक्रममा उनले एनआरएनएका नेताहरू पार्टीको बन्दा समस्या भएको बताएका हुन् ।
उनले एनआरएनएका अभियन्ताहरू राजनीतिक दलमा आबद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताए । स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उनको भनाइ छ । उनले एनआरएनएलाई राजनीतिक दल र राजनीतिमुक्त बनाउने अवसर यही भएको पनि बताए ।
उनले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था, गैरआवासीय नेपाली नागरिकत्ता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भीर रहेको पनि बताए ।