२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

ग्लोबल आइएमई र त्रिवेणी मोटोकर्पबीच कर्जासम्बन्धी समझदारी

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते २१:४३
ग्लोबल आइएमई र त्रिवेणी मोटोकर्पबीच कर्जासम्बन्धी समझदारी

काठमाडौं : ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवम् कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुजकुमार गोयलले हस्ताक्षर गरेका छन् । 

समझदारीअनुसार बैंकले त्रिवेणी मोटोकर्प तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ ।

बैंकले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ । त्यसैगरी, बैंकले व्यक्तिगतरुपमा ‘अटो लोन’ तथा व्यावसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise