२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यानको नयाँ मोडल

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते २१:४३
सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यानको नयाँ मोडल

काठमाडौं : सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसी सिलिंङ फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसी फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको सिलिंङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत गर्ने कम्पनीले जनाएको छ । साथै, पर्फमेन्समा समेत कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने प्रविधि फ्यानमा रहेको जनाइएको छ । 

सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्राण्ड जसमा बिएलडिसी टेक्नेलोजी रहेको छ । फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रविधीको छ । साथै, रिमोटको सुविधायुक्त सिलिंङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा दुई वर्षको वारेन्टी समेत दिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise