२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

कुटुवा पेस्तोलसहित फरार प्रतिवादी पक्राउ

shivam cement
शहबाज खान
२०८२ मंसिर २१ गते २१:१४
Shares
कुटुवा पेस्तोलसहित फरार प्रतिवादी पक्राउ

कपिलवस्तु : जिल्ला अदालत कपिलवस्तुको फैसला कार्यान्वयनका क्रममा फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले कुटुवा पेस्तोलसहित पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले शिवराज नगरपालिका–४, चनइ बस्ने २२ वर्षीया रिजिवान अली शाहलाई मंसिर १९ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार शाहलाई सडक छेउमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । उनलाई पक्राउ गर्दा साथमा राखेको कुटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

शाह कपिलवस्तु जिल्ला अदालतबाट फरार रहेको र सोही आधारमा खोजतलास जारी गरिएको थियो । बरामद हतियारसहित शाहमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर