२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

प्रभु बैंकका ग्राहकले हेयर एन्ड शान्ति सैलुनमा छुट पाउने

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते २१:४५
प्रभु बैंकका ग्राहकले हेयर एन्ड शान्ति सैलुनमा छुट पाउने

काठमाडौं : प्रभु बैंक र कमलादीस्थित हेयर एन्ड शान्ति सैलुनबीच ग्राहक तथा कर्मचारीलाई सौन्दर्य सेवा–सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतापछि हेयर एन्ड शान्ति सैलुनले बैंक ग्राहक तथा कर्मचारीलाई प्रोफेसनल मेकअप, पेनलेस डिपिलियसन, हेयरकट एन्ड स्टाइलिङ, आईलेस एक्स्टेन्सन, स्पा लगायत सेवामा विशेष छुट पाउनेछन ।

छुट सम्झौतमा हेयर एन्ड शान्ति सैलुनका निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले हस्ताक्षर गरे । सम्झौतापछि हेयर एन्ड शान्तिमा सौन्दर्यसम्बन्धी सेवा लिँदा (थ्रेड्रिङबाहेक) ग्राहकले १० प्रतिशत र कर्मचारीले ३० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । 

छुट सुविधा पाउन ग्राहकले बैंकको डेबिट, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा कर्मचारीले बैंक परिचयपत्र पेस गर्नुपर्नेछ । हाल हेयर एन्ड शान्तिले काठमाडौंभित्र आठ र बाहिर चार आउटलेटबाट सञ्चालन गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise