२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सफा हिमाल अभियानमा युनिलिभरको सहयोग जारी

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते २१:४६
सफा हिमाल अभियानमा युनिलिभरको सहयोग जारी

काठमाडौं : नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत २९ गतेदेखि ज्येष्ठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो । युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन/रिसाइक्लिङ साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ ।

यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजी भन्दा बढी फोहोर र एक थान कंगालसहित पाँच शवको अवशेष संकलन गरिएको छ । युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रुपमा सफा हिमाल अभियानमा गर्वका साथ सहयोग गरेको थियो । नेपाली सेनाका अनुसार २०१९ देखि शुरु भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर संकलन भएको छ भने १२ जना मृतकको शवको अवशेष संकलन भएको छ । दिगोपन प्रयासमा सहभागी हुन पाउँदा र वातावरणको दिगोपनका लागि पहलहरुको भाग भएर नेपाललाई सेवा गर्ने अवसर पाउँदा कम्पनी सम्मानित छ ।

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, खास गरी यस क्षेत्रमा, र यी हिमालहरुको प्राकृतिक सौन्दर्यको संरक्षणका लागि गरिएका यस्तो अभियानलाई सरोकारवाला तथा अन्य समर्थकहरुले प्रशंसा गरेका छन् । वातावरणको सुधारका लागि दिगोपन र परिवर्तनलाई समर्थन र अभ्यास गरिनुपर्छ भन्ने युनिलिभरको विश्वास रहेको छ । गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन÷रिसाइक्लिङ साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको युनिलिभरले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise