२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

जगदम्बा मोटर्सले ल्यायो टिभिएसको ‘मनसुन एक्सचेन्ज’

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते २१:४७
जगदम्बा मोटर्सले ल्यायो टिभिएसको ‘मनसुन एक्सचेन्ज’

काठमाडौं : जगदम्बा मोटर्सले ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरुलाई असाधारण डिलहरु र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै सो अभियान जेठ २३ देखि जेठ २८ गते सम्म चल्ने बताइएको छ ।

यस अभियानले स्मार्ट कनेक्ट, राइड मोडहरु र ग्लाइड थ्रु ट्राफिक जस्ता नवीनतम् प्रविधिहरुले सुसज्जित टिभिएस मोटरसाइकल मोडलहरुमा रोमाञ्चक लाभहरु प्रदान गर्दछ । यी सुविधाहरुले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

यस अभियानमा ग्राहकहरुले टिभिएसका बाइक तथा स्कुटरको खरिदमा नगद छुटका साथै पुरानो मोटरसाइकलमा थप मूल्यांकन प्राप्त गर्नेछन् । यी  प्रस्तावहरुलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम तीन हजार नौ सय ९९ रुपैयाँप्रति महिना उपलब्ध गराएको छ । साथै, ग्राहकहरुले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्ने बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise