२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

पाकिस्तानका पूर्वगुप्तचर प्रमुखमाथि प्रतिशोध, पूर्वप्रधानमन्त्री खानलाई सघाएको आरोपमा १४ वर्ष जेल सजाय

shivam cement
२०८२ मंसिर २५ गते १७:३१
Shares
पाकिस्तानका पूर्वगुप्तचर प्रमुखमाथि प्रतिशोध, पूर्वप्रधानमन्त्री खानलाई सघाएको आरोपमा १४ वर्ष जेल सजाय

इस्लामावाद : पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली ‘इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी’ एजेन्सीका पूर्वप्रमुखलाई राज्यको गोप्यताको उल्लंघन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ ।

जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रहि व्यक्तिहरूलाई गलत क्षति पुगाएको अभियोगमा दोषी ठहर गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतको कागजात अनुसार फैज हमिदमाथि शक्तिको दुरुपयोग र निजी व्यवसायमा छापा मारेको आरोप लगाइएको छ । गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबै भन्दा शक्तिशाली पद मानिन्छ ।

लामो कानुनी कार्यवाही पछि अभियुक्तलाई सबै अभियोगमा दोषी ठहर गरी अदालतले १४ वर्षको कारावासको सजाय सुनाएको विज्ञप्तिमा जनाइएको छ । विज्ञहरूका अनुसार फैज हमिद इमरान खानका कट्टर समर्थक थिए, जसलाई केही शीर्ष नेताहरूको समर्थन गुमाए पछि अविश्वास मतद्वारा हटाइएको थियो ।  

सेना प्रमुखको प्रतिष्ठित पदका लागि दावेदारका रूपमा रहेका जनरल, फैज हमिदले खानले सत्ता गुमाएको केही महिना पछि प्रारम्भिक सेवा निवृत्ति लिएको जनाइएको छ । यस लगतै उनलाई पाकिस्तानी सेना ऐन उल्लंघन गरेको पनि आरोप लगाइएको थियो । –रासस/एएफपी

सम्बन्धित खबर