२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

चीनको आर्थिक वृद्धिदरमा थप सुधार : विश्व बैंक  

shivam cement
२०८२ मंसिर २५ गते २१:५८
Shares
चीनको आर्थिक वृद्धिदरमा थप सुधार : विश्व बैंक  

बेइजिङ : विश्व बैंकले बेइजिङमा बिहीबार सार्वजनिक गरेको नयाँ प्रतिवेदनले चीनको सन् २०२५ को आर्थिक वृद्धि दरलाई ०.४ प्रतिशत अंकले बढाएको छ ।

प्रतिवेदनका अनुसार सरकारी खर्च सहज हुनु, मौद्रिक नीतिहरू लचिलो रहनु र घरेलु उपभोग तथा लगानी बढ्नु चीनको अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य कारण बनेका छन् । 

विकासोन्मुख मुलुकहरूबाट निर्यातको माग बढ्दै जानु पनि चीनको आर्थिक गतिविधि बलियो हुन मद्दत पुगेको छ ।

विश्व बैंकका चीन, मंगोलिया र कोरियाका विभागीय निर्देशक मारा वारविकले भने, ‘आउँदा वर्षहरूमा चीनको आर्थिक वृद्धि मुख्यतः भित्री मागबाटै चल्नेछ । छोटो अवधिमा सरकारी प्रोत्साहन, सामाजिक सुरक्षा प्रणालीको सुधार र व्यवसायका लागि भरपर्दो वातावरण निर्माण गर्नाले समग्र अर्थतन्त्रमा विश्वास बढ्नेछ, जसले दीर्घकालीन रूपमा दिगो र स्थिर वृद्धिको आधार तयार पार्नेछ ।’ –रासस/सिन्ह्वा

सम्बन्धित खबर