२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ जना घाइते

shivam cement
२०८२ मंसिर २८ गते ०९:२१
Shares
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ जना घाइते

काठमाडौँ : अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ भने उनीहरूको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 

घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो । गोली चलाउने व्यक्ति फरार छन्। प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ ।

प्रहरीका अनुसार शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो तर गोली काण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ । घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित खबर