२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

इजरायली आक्रमणमा हमास प्रमुखको मृत्यु 

shivam cement
२०८२ मंसिर २८ गते १४:१८
Shares
इजरायली आक्रमणमा हमास प्रमुखको मृत्यु 

जेरुसलेम : इजरायलले गाजा पट्टीमा शनिबार भएको आक्रमणमा हमासको सैन्य शाखाको हतियार उत्पादन प्रमुखको हत्या गरेको बताएको छ । गाजा शहरको दक्षिणपश्चिममा रहेको तेल अल–हवा जिल्लामा इजरायलले गरेको आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु भएको नागरिक सुरक्षा निकाय र प्यालेस्टिनी क्षेत्रका स्वास्थ्य स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।

सेनाले उक्त क्षेत्रमा एउटा मात्र आक्रमण भएको र त्यसमा हमासका उच्च नेता राद साद मारिएको जनाएको एएफपीसँग बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायली काट्जले एक संयुक्त वक्तव्यमा भनेका छन्, ‘गाजा पट्टीको ‘एलो जोन’मा हमासले विस्फोटक पदार्थ विस्फोट गरी आक्रमण गर्दा इजरायली भएको छ । आक्रमणपछिको प्रतिकारमा ‘आतंकवादी समूह’ हमासका नेता राद सादको मृत्यु भएको छ ।’ 

गाजामा इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविराम अन्तर्गत इजरायली सेना तथाकथित ‘एलो लाइन’ पछाडिको स्थानमा फर्किएको छ, यद्यपि उनीहरूले अझै पनि आधाभन्दा बढी भू–भाग नियन्त्रणमा राखेका छन् ।

नेतन्याहू र काट्जले सादलाई सन्  २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणको ‘योजनाकाहरू मध्ये एक’ को रूपमा वर्णन गरेको छ । इजरायली सेनाका अनुसार साद हमासको सैन्य शाखाको हतियार उत्पादन मुख्यालयका प्रमुख थिए जसले समूहको ‘सैन्य बल निर्माण’ को नेतृत्व गरेका थिए । पारिवारिक स्रोतले उनको निधनको पुष्टि गर्दै आइतबार अन्त्येष्टि गरिने जनाएको छ । –रासस/एएफपी

सम्बन्धित खबर