२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

सेयर बजारबारे गाउँगाउँमा सचेतना फैलाउन जरुरी छ : नगरप्रमुख श्रेष्ठ

Nada
सूर्यप्रसाद भुसाल
२०८२ मंसिर २९ गते २०:५२
Shares
सेयर बजारबारे गाउँगाउँमा सचेतना फैलाउन जरुरी छ : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : अर्घाखाँचीमा पहिलो पटक नेपाल धितोपत्र बोर्डले सेयर बजारबारे लगानीकर्तालाई वित्तीय साक्षरता कार्यक्रम संम्पन गरेको छ । पछिल्लो समय सेयर बजारप्रति आर्कषण बढेपनि साक्षरता अभावले अन्यौलता सृजना भएको भन्दै धितोपत्र बोर्डले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । पुँजी बजारलाई व्यवस्थित गर्न, साना तथा ठूला लगानीकर्ताको हकहित संरक्षण तथा पुँजी बजारको विकासमा टेवा पुराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

ncell

कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी निर्देशक अनुजकुमार रिमालले शैक्षिक रूपमा नागरिक साक्षर भएपनि सेयर बजारबारे अन्यौलता धेरै भएको हुँदा वित्तीय साक्षरता आवश्यक रहेको बताए । ‘अर्घाखाँचीमा  ठुला लगानीकर्ता नभएपनि साना लगानीकर्ताको लगानी जोखिममा पर्न नदिनका लागि साक्षरता आवश्यक छ, भने नेप्से परिसूचक, धितोपत्र बजार, लगानीकर्ताको सुरक्षा, वस्तु विनिमय लगायतका विषयमा जानकारी गराउन पनि जोड दिएका छौँ’, उनले भने । पुँजी बजार र मुद्रा बजारबारे व्यापक जनचेतना अभिवृद्धि हुनुपर्ने उनको भनाइ थियो । 

उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले अर्घाखाँचीमा ब्रोकरको शाखा लिन खोजेपनि प्रक्रिया भएको झन्झटले गर्दा शाखा खोल्न नसकेको बताए । उनले केही ठूला व्यापारीको हातमा सेयर मार्केट रहेको भन्दै यसले साना लगानीकर्ता मारमा परेको र धितोपत्र बोर्डले साना लगानीकर्ताको वकालत गर्न नसकेको गुनासो गरेका थिए ।

आर्थिक विकास, औद्योगिक विकासले मात्रै पुँजी बजार फष्टाउने भएकोले औद्योगिक विकासमा जोड दिनुपर्ने उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताए । अर्घाखाँचीमा पहिलो पटक सेयर बजार बारे अन्तरक्रिया भएकोप्रति खुसी व्यक्त गर्दै अध्यक्ष मिश्रले सेयर बजारबारे सबैले जानकारी पाउन आवश्यक रहेको उल्लेख गरे । बैकिङ पहुँच विस्तार भएपनि वित्तीय साक्षरताको अभावले पनि लगानीअनुसार प्रतिफल नआउने समस्या रहेकोले गाउँगाउँमा वित्तिय साक्षरता पु¥याउनुपर्नेमा उपप्रमुख मिश्रा आचार्यले जोड दिएकी थिइन् ।

सम्बन्धित खबर