२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

श्रीलंकाका विश्वकप विजेता क्रिकेट कप्तान रणतुंगालाई पक्राउ गर्न अनुमति

shivam cement
२०८२ पुष १ गते ०८:३६
Shares
श्रीलंकाका विश्वकप विजेता क्रिकेट कप्तान रणतुंगालाई पक्राउ गर्न अनुमति

कोलम्बो : विश्वकप विजेता क्रिकेट कप्तान एवं पूर्वमन्त्री अर्जुन रणतुंगालाई पक्राउ गरी अनुसनधान गर्न अदालतले अनुमति दिएको छ ।

पेट्रोलियम मन्त्री हुँदा भएको भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको हो । रणतुंगा र उनका भाइमाथि लामो समयका लागि तेल खरिदको ठेक्का दिने प्रक्रिया परिवर्तन गरेको र तत्काल कुनै कानुनी प्रक्रिया नपुराइकन उच्च मूल्यमा खरिद गरेको आरोप लगाइएको छ।

घूसखोरी वा भ्रष्टाचारको आरोप जाँच आयोगको अनुसन्धान रिपोर्टले भनेको छ, “उहाँको कार्यकालमा भएका कुल २७ खरिदबाट सन् २०१७ मा सम्झौता भएको ५० लाख अमेरिकी डलरभन्दा बढी अर्थात् कुल ८० करोड भारतीय रुपैयाँ घाटा भएको थियो।” 

आयोगले कोलम्बोका मजिस्ट्रेट असाङ्ग बोडारागामालाई उद्धृत गरी भनेको छ, रणतुंगा अहिले विदेशमा छन् । उनलाई स्वदेश आउँदासाथ पक्राउ गर्न पूर्जी जारी गरिएको छ।

सोही मुद्दामा संलग्न पूर्व मन्त्रीका दाजु तथा सिलोन पेट्रोलियम कर्पोरेशनका तत्कालीन अध्यक्ष धम्मिका रणतुंगालाई सोमबार पक्राउ गरी जमानतमा रिहा गरिएको छ ।

म्याजिस्ट्रेटले श्रीलंका र संयुक्त राज्य अमेरिकाको दोहोरो नागरिक धम्मिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । 

अर्को सुनुवाइ मार्च १३ मा हुनेछ । बायाँ हातले खेल्ने ब्याट्सम्यान ६२ वर्षीय रनतुङ्गाले सन् १९९६ मा अस्ट्रेलियालाई हराउँदै श्रीलंकाका लागि विश्वकप जिताएका थिए । 

रानातुङ्गा दाजुभाइविरुद्धको मुद्दा गत वर्ष स्थानीय भ्रष्टाचारसँग लड्ने प्रतिबद्धताका साथ सत्तामा आएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको सरकारले गरेको व्यापक अनुसन्धानको एक हिस्सा हो ।

रणतुंगाका अर्का भाइ तथा पूर्व पर्यटनमन्त्री प्रसन्ना गत महिना बीमा ठगी मुद्दामा पक्राउ परेका थिए । त्यो मुद्दा विचाराधीन छ, तर उनी पहिले सन् २०२२ जुनमा एक व्यापारीबाट पैसा असुलेको आरोपमा दोषी ठहरिएका थिए । 
 

सम्बन्धित खबर