२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

कम्बोडिया र थाई सेनाको हवाई आक्रमणमा १२ नागरिकको मृत्यु

shivam cement
२०८२ पुष १ गते ११:२५
Shares
कम्बोडिया र थाई सेनाको हवाई आक्रमणमा १२ नागरिकको मृत्यु

काठमाडौंः कम्बोडियाको रक्षा मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा थाई सेनाले कम्बोडियाको सार्वभौम क्षेत्रमा गहिरो प्रवेश गर्दै आफ्नो आक्रमणलाई चौथो सैन्य क्षेत्रमा थप विस्तार गरेको आरोप लगाएको छ ।

मन्त्रालयकाअनुसार थाई सेनाले उत्तरपश्चिमी सिम रीप प्रान्तमा हवाई आक्रमणलाई विस्तार गरेको छ । थाई सेनाले एफ–१६ लडाकु विमान प्रयोग गरी सोमवार बिहान १० बजे स्थानीय समयमा विस्थापित नागरिक शिविर नजिकै दुईवटा बम खसालेको बताइएको छ । थाईल्याण्डसँगको पछिल्लो सीमा द्वन्द्वमा आइतवार साँझ ६ बजेसम्म १२ जना कम्बोडियाली नागरिकको मृत्यु भएको र ७४ जना घाइते भएको कम्बोडियाको गृह मन्त्रालयका प्रवक्ता टच सोखाकले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए । 

यसैबीच, कम्बोडियामा विस्थापितहरूको संख्या ४ लाख ३ हजार नाघेको छ । जसमा करिव २ लाख ८ हजार महिला र ९६ हजार बालबालिका रहेका छन् । रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले आइतवार मध्यरातदेखि सोमवार बिहानसम्म थाई सेनाले कम्बोडियाली क्षेत्रका विभिन्न स्थानमा तोपका गोला प्रहार जारी राखेको बताए । कम्बोडिया–थाईल्याण्ड सीमा द्वन्द्व डिसेम्बर ७ देखि पुनः सुरु भएको हो । दुवै पक्षले एकअर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् । 

ताजा खबर

सम्बन्धित खबर