२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रूस–युक्रेन शान्ति वार्ताको नजिक : ट्रम्प 

shivam cement
२०८२ पुष १ गते १७:०३
Shares
रूस–युक्रेन शान्ति वार्ताको नजिक : ट्रम्प 

वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूसबीचको युद्धको अन्त्य गर्न युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको बताएका छन् । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले संयुक्त राज्य अमेरिकाले जर्मनी, इटाली, फ्रान्स, बेलायत, पोल्याण्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड र नेदरल्यान्ड्स लगायत युरोपेली नेताहरूबाट  समर्थन प्राप्त गरेको र द्वन्द्वको अन्त्य हेर्न चाहेको बताएका हुन् । 

‘उनीहरू अहिले रूसका राष्ट्रपति पुटिनसँग धेरै कुराकानी गरेर नजिक भएका छन् र मलाई लाग्छ  हामी पहिले भन्दा अहिले नजिक छौं हामी धेरैको ज्यान बचाउन चाहन्छौं,’ ट्रम्पले भने । यसैबीच द्वन्द्वलार्ई अन्त्य गर्न चाहने युरोपेली नेताहरूबाट पनि ठलो समर्थन प्राप्त भइरहेको उनले बताएका छन् । 

युक्रेनमा युद्धको समाधानका लागि वार्ता गर्न बर्लिनमा अमेरिका, युरोपेली र नेटो नेताहरू र जेलेन्स्कीबीच घन्टौं लामो कूटनीतिक छलफल पछि ट्रम्पको टिप्पणी आएको हो । अल जजिराका अनुसार युरोपेली नेताहरू युक्रेनका लागि कुनै पनि पश्चिमी सुरक्षा ग्यारेन्टीको लागि सहमत भएका छन् ।

यसअघि युक्रेनी राष्ट्रपतिले पश्चिमाहरुरूको सुरक्षा ग्यारेन्टि भए युक्रेन आफ्नो नेटो सदस्यताको महत्त्वाकांक्षा त्याग्न तयार रहेको संकेत गरेका थिए । –रासस/एएनआई

सम्बन्धित खबर