२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन

shivam cement
२०८२ पुष २ गते ११:३३
Shares
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन

काठमाडौँ : राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित शीर्ष युरोपेली अधिकारीहरू मंगलवार युक्रेनमा रुसी आक्रमणको असरको क्षतिपूर्तिका लागि दसौँ अर्ब युरोको अन्तिम निर्णय गर्न अन्तर्राष्ट्रिय निकाय गठन गर्न सहमत भएका छन् ।

युक्रेनका लागि अन्तर्राष्ट्रिय क्षतिपूर्ति दाबी आयोग नाम दिइएको उक्त समितिमा रहन ३५ देशहरू हस्ताक्षर गरेका छन् । आयोगले क्षतिपूर्तिको लागि दाबीहरूको मूल्यांकन र भुक्तान गरिने कुनै पनि रकमसहितको निर्णय गर्नेछ ।

मानिसहरूले युद्धबाट भएको कुनै पनि प्रकारको क्षतिको क्षतिपूर्ति गर्न सकिन्छ भन्ने महसुस गर्न सकुन् भन्ने उद्देश्यसाथ नयाँ आयोगको गठनसँगै क्षतिपूर्तिको लागि हरेक संयन्त्र सुरु हुनेछ र यसबाट बलियो र पर्याप्त अन्तर्राष्ट्रिय समर्थन प्राप्त हुनेछ ।

“अरू मुलुकले आक्रामकता रोज्न नसिक्न यो युद्ध र यसका लागि रूसको जिम्मेवारी एक स्पष्ट उदाहरण बन्नुपर्छ,” राष्ट्रपति जेलेन्स्कीले भने ।

आयोगको स्थापना तथाकथित ‘क्षतिको दाबी’ पछि भएको छ र यसले पहिले नै व्यक्ति वा संगठनहरूबाट क्षतिपूर्तिको लागि ८० हजारभन्दा बढी दाबीहरू प्राप्त गरिसकेको छ ।

यससँगै तेस्रो चरणको क्षतिपूर्ति कोष स्थापना हुनेछ तर प्रक्रियाको त्यो महत्त्वपूर्ण भागले व्यवहारमा कसरी काम गर्छ यो स्पष्ट हुन सकेको छैन ।

क्षतिपूर्ति संयन्त्र (आयोग) का लागि स्ट्रासबर्गमा रहेको युरोपेली महाद्वीपमा मानव अधिकारको रक्षा गर्ने ४६ राष्ट्रहरूको समूह युरोपेली परिषद् (काउन्सिल अफ युरोप) को माध्यमबाट समन्वय भइरहेको छ ।

यस परिषद्का महासचिव एलेन बर्सेटले पत्रकारहरूसँग भने, “क्षतिपूर्ति कोषको स्थापना लगभग १२ देखि १८ महिनाको समयसीमाभित्र हुने अपेक्षा गरिएको छ। त्यसपछि कोष स्पष्ट रूपमा सञ्चालन भएपछि र क्षतिपूर्ति दाबी गरिसकेपछि पीडितहरूलाई भुक्तानी हुनेछ ।”

नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कुफले नयाँ आयोग हेगमा रहने घोषणा गरेका छन्  ।

इयूका विदेश नीति प्रमुख काजा कलासले क्षतिपूर्ति खोज्ने युक्रेनीहरूलाई सन्देश दिँदै भने, “हामीले तपाईहरूले दुःख भोगेका कुरा बिर्सेका छैनौँ । त्यसको सम्भावित सम्बोधनका लागि काम गरिरहेका छौँ र यो पछिल्लो प्रगति यसैको उदाहरण हो ।”

जबाफदेहिता र परिपूरण
मुख्य समस्या भनेको क्षतिपूर्तिको लागि नगद कसरी व्यवस्थापन गर्ने भन्ने हो ।

युरोपेली संघका नेताहरू बिहीबारदेखि सुरु हुने शिखर सम्मेलनमा अनुमानित २०० अर्ब युरो (२३२ अर्ब डलर) बराबरको रोक्का गरिएको रुसी सम्पत्तिलाई के गर्ने भन्ने विषयमा सहमतिमा पुग्न दबाबमा रहेका छन् ।

उनीहरू किएभलाई ऋण दिने तरिकाहरू खोजिरहेका छन् । यसका लागि रोक्का गरिएको रुसी सम्पत्तिको प्रयोगका लागि इयुका धेरै सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् । योजनालाई इयूको शक्तिशाली अर्थतन्त्र जर्मनीसहित धेरै सदस्य राष्ट्रहरूको बलियो समर्थन छ तर बेल्जियमले भने यसको कडा विरोध गरेको छ ।

यो देश अन्तर्राष्ट्रिय निक्षेप संगठन ‘यूरोक्लियर’को भण्डारण क्षेत्र हो । यसमा अधिकांश रुसी सम्पत्ति छ ।सम्भावित कानुनी परिणामहरूको कारण अहिलेसम्म प्रस्तावलाई अस्वीकार गरेको छ। रुसको केन्द्रीय बैंकले गत हप्ता युरोक्लियरविरुद्ध मस्कोमा मुद्दा दायर गर्ने घोषणा गरेको थियो ।

“रोक्का गरिएको सम्पत्तिमाथिको बहस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको साथ आएको हो र यो विषयमा हामी पहिलेभन्दा अहिले नजिक छौँ,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भनेका छन् ।

बर्लिनमा वरिष्ठ अमेरिकी अधिकारीहरूसँग दुई दिनको वार्तापछि जेलेन्स्कीले वार्ता ‘सजिलो नभएको’ तर यसले सुरक्षा सुनिश्चितताको प्रश्नमा ‘वास्तविक प्रगति’ ल्याएको बताए ।

युरोपेली नेताहरूले सोमबार सम्भावित शान्ति सम्झौता कार्यान्वयन गर्न अमेरिकी समर्थनमा युरोपेली नेतृत्वको ‘बहुराष्ट्रिय शक्ति’ को प्रस्ताव गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर