२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

भेनेजुएलाका प्रतिवन्धित तेल ट्याङ्करहरूमा ट्रम्पद्वरा पूर्ण नाकाबन्दीको आदेश

shivam cement
२०८२ पुष ३ गते ११:५६
Shares
भेनेजुएलाका प्रतिवन्धित तेल ट्याङ्करहरूमा ट्रम्पद्वरा पूर्ण नाकाबन्दीको आदेश

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका सबै प्रतिवन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दीको आदेश दिएका छन् । जसले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोमाथि चलिरहेको दबाब अभियानलाई थप तिब्र बनाएको छ ।

ट्रम्पले भेनेजुएलाको सरकारलाई ‘विदेशी आतङ्कवादी सङ्गठन’ को रूपमा नामकरण गरेकाअ छन् । जसलाई आतङ्कवाद, लागुऔषध तस्करी र मानव तस्करी जस्ता अपराधहरूमा संलग्न भएको आरोप लगाएका छन् । उनले अमेरिकाले ‘शत्रु शासनलाई हाम्रो तेल, जमिन वा अन्य सम्पत्ति लिन अनुमति नदिने’ बताउँदै भेनेजुएलाले अमेरिकाबाट चोरेका सबै सम्पती फिर्ता गर्नुपर्ने माग गरेका छन् । ट्रम्पले भेनेजुएला दक्षिण अमेरिकाको इतिहासमा कहिल्यै जम्मा नभएको सबैभन्दा ठूलो जलसेनाले पूर्ण रूपमा घेरिएको पनि भनेका छन्  ।

यो दबाब सम्पत्ति फिर्ता नगरेसम्म जारी रहने चेतावनी उनले दिएका छन् । गत हप्ता अमेरिकी प्रशासनले भेनेजुएलाको तट नजिकै एउटा तेल ट्याङ्कर कब्जा गरेको थियो र मादुरोकी पत्नीका तीन भतिजा, एक मादुरोसँग सम्बद्ध व्यवसायी र तेल ढुवानीमा संलग्न छवटा कम्पनीहरूमाथि नयाँ प्रतिबन्ध लगाएको थियो । सेप्टेम्बरको सुरुदेखि अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्यासिफिकमा कम्तीमा २५ वटा कथित लागुऔषध ढुवानी गर्ने जहाजहरूलाई डुबाएका छन् । जसमा कम्तीमा ९५ जनाको ज्यान गएको छ ।

लगभग चार महिनादेखि अमेरिकाले क्यारिबियनमा ठूलो सैन्य उपस्थिति कायम राखेको छ । जसमध्ये धेरै भेनेजुएलाको तट नजिकै छ । जसलाई लागुऔषध तस्करीविरुद्धको अभियान भनिएको छ तर भेनेजुएलाले यसलाई काराकासमा शासन परिवर्तनको बहाना भएको आरोप लगाएको छ । पछिल्ला हप्ताहरूमा ट्रम्पले क्यारिबियनमा लागूऔषध तस्करहरूमाथि ‘छिट्टै नै’  स्थल आक्रमण सुरु गर्ने बताएका छन् ।  

ताजा खबर

सम्बन्धित खबर