२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अमेरिकाको डिभी लटरी कार्यक्रम स्थगित

shivam cement
२०८२ पुष ४ गते १४:४७
Shares
अमेरिकाको डिभी लटरी कार्यक्रम स्थगित

एजेन्सी : अमेरिकाले डाइभर्सिटी लट्री आप्रवासी भिसा कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । ब्राउन विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा भएका तीन हत्यामा संलग्न आशंकित व्यक्तिले यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको दाबी गर्दै यस्तो निर्णय गरिएको हो ।

अमेरिकी गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समार्फत ब्राउन विश्वविद्यालयका आशंकित आक्रमणकारी क्लाउडियो म्यानुएल नेभ्स–भालेन्टे सन् २०१७ मा डाइभर्सिटी लट्री भिसामार्फत अमेरिका प्रवेश गरी स्थायी आवास अनुमति (ग्रिन कार्ड) पाएको बताएकी छन्।

उनले लेखेकी छन्, “यस्तो घृणित व्यक्ति कहिल्यै हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैनथ्यो ।” राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अब अमेरिकी नागरिकता तथा आप्रवासन सेवालाई डाइभर्सिटी लट्री आप्रवासी भिसा कार्यक्रम रोक्न आदेश दिइएको नोएमले उल्लेख गरेकी छन् ।

तर यो स्थगित कति समयका लागि हो र कुन कानुनी प्रक्रियामार्फत गरिएको हो भन्नेबारे भने कुनै स्पष्ट विवरण दिइएको छैन । डाइभर्सिटी भिसा कार्यक्रम कंग्रेसद्वारा स्थापित भएकाले यसको स्थायी परिवर्तन वा खारेजीका लागि कानुनी प्रक्रिया आवश्यक पर्ने विज्ञहरूको भनाइ छ ।

डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रममार्फत हरेक वर्ष करिब ५० हजार आप्रवासी भिसा प्रदान गरिन्छ ।

सम्बन्धित खबर