२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

चलचित्रका लागि कलाकार खोज्दै आइसफल प्रोडक्सन

shivam cement
२०८२ पुष ६ गते १२:१३
Shares
चलचित्रका लागि कलाकार खोज्दै आइसफल प्रोडक्सन

काठमाडौं : ऐना झ्यालको पुतली, हल्कारा, रेडसुटकेस जस्ता फिल्म निर्माण गरेको आइसफल प्रोडक्सनले आफूले निर्माण गर्न लागेको चलचित्रका लागि कलाकारको खोजी गरेको । निर्माता तथा आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताएका छन् ।

‘आइसफल प्रडक्सनले २०२६ मा फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्म निर्माणलाई पनि गति दिने योजना बनाएको छ । यसैका लागि हामीले अडिसन कल गरेका हौं, ’पोखरेलले भने, ‘अडिसनबाट आएका प्रतिभालाई दुवै पक्षको समझदारीअनुसार काम गराउने योजना छ ।’

विदेशीका फिचर फिल्म, डकुमेन्ट्री र विज्ञापनका लागि लाइन प्रोड्युसरको काम गर्दै आएको आइसफल प्रोडक्सनले निर्माण गरेका चलचित्रहरू विश्वका प्रतिष्ठित फेस्टिभलमा छनोट एवं पुरस्कृत भएका छन् ।

अडिसन कलमा आइसफलले मुख्य भूमिकादेखि सहायक भूमिकासम्मका लागि कलाकारको अडिसन लिइने जनाएको छ । यसका लागि जुनसुकै लिङ्ग, उमेर र जात समूहका कलाकारले पनि आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आफ्नो परिचयात्मक भिडियो [email protected]  मा पठाउनुपर्ने निर्माता पोखरेलले जानकारी गराएका छन् । 

ताजा खबर

सम्बन्धित खबर