२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सीमा विवादका कारण कम्बोडियामा : १९ जनाको मृत्यु, हजारौं विस्थापित

shivam cement
२०८२ पुष ६ गते १४:५४
Shares
सीमा विवादका कारण कम्बोडियामा : १९ जनाको मृत्यु, हजारौं विस्थापित

फोनोम पेन : कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औं दिन हो ।

कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताले जानकारी दिएको जानकारी अनुसार, मृतकमध्ये एक शिशु पनि छन् भने ७९ जना नागरिक घाइते भएका छन् ।

सिमा विवाद ७ डिसेम्बरदेखि फेरि बढेको हो र दुवै पक्षमा मानव क्षति भएको छ ।

कम्बोडियाको आन्तरिक मन्त्रालयका अनुसार, अहिलेसम्म यो विवादका कारण पाँच लाख १० हजारभन्दा बढी मानिसहरू सुरक्षित स्थलतर्फ विस्थापित भएका छन् । –रासस/सिन्ह्वा

ताजा खबर

सम्बन्धित खबर