२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रूसद्वारा पाँचौं पुस्ताको ‘एसयु–५७’ लडाकु विमानको परीक्षण सफल

shivam cement
२०८२ पुष ७ गते १५:२०
Shares
रूसद्वारा पाँचौं पुस्ताको ‘एसयु–५७’ लडाकु विमानको परीक्षण सफल

मस्को : रूसले आफ्नो पाँचौं पुस्ताको ’एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्वामित्वमा रहेको विमान निर्माण कम्पनी रोस्टेकले सोमबार आफ्नो टेलिग्राम च्यानलमार्फत सार्वजनिक गरेको हो ।

रोस्टेकका अनुसार पहिलो परीक्षण उडान तय गरिएको अनुसार सफलतापूर्वक सम्पन्न भयो र निर्धारित मिशनको पूर्ण रूपमा पालना गरिएको छ ।

‘प्रोडक्ट–१७७’ इन्जिनले अधिकतम १६ हजार किलोग्राम–बलको अफ्टरबर्नर थ्रस्ट प्रदान गर्छ, साथै सबै सञ्चालन मोडमा इन्धनको खपत कम गर्ने र सेवा आयु बढाउने क्षमता राख्छ ।

एसयु–५७ बहुउद्देश्यीय लडाकु जहाज हो, र यसले विभिन्न प्रकारका युद्ध मिशनहरू सफलतापूर्वक सञ्चालन गर्न सक्दछ । –रासस/सिन्ह्वा

ताजा खबर

सम्बन्धित खबर