२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

क्षेप्यास्त्र परीक्षण गरेको इरानको दाबी 

shivam cement
२०८२ पुष ७ गते २१:४३
Shares
क्षेप्यास्त्र परीक्षण गरेको इरानको दाबी 

तेहरान : इरानले सोमबार देशका विभिन्न स्थानमा कैयौं क्षेप्यास्त्र परीक्षण गरेको अर्धसरकारी समाचार संस्था (फार्स)ले जनाएको छ । ती क्षेप्यास्त्र इरानको खोर्रामाबाद, महाबाद, इस्फहान, तेहरान र मशहादमा

परीक्षण गरिएको फार्सले छ । सोमबार इरानी सेनाका प्रमुख आमिर हतामीले भने, ‘इरानीसेना असममित र अनियमित युद्धसहित कुनै पनि खतराको सामना गर्न सधैं तयार छ ।’

पश्चिमी इरानमा तैनाथ सैनिक इकाइहरूको भ्रमणका क्रममा हतामीले भने, ‘हामी दुश्मनको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका छौं र कुनै पनि दुर्भावनापूर्ण कार्यको निर्णायक जवाफ दिनेछौं ।’ –रासस/सिन्ह्वा

ताजा खबर

सम्बन्धित खबर