२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

श्रम स्वीकृतिलगायतका सबै कागजात वडा तहमा नै उपलब्ध गराउने गृहकार्यमा छु : श्रममन्त्री भण्डारी

Nada
२०८२ पुष ९ गते १३:०७
Shares
श्रम स्वीकृतिलगायतका सबै कागजात वडा तहमा नै उपलब्ध गराउने गृहकार्यमा छु : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताएका छन् ।

ncell

बुधबार काठमाडौंमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति लगायतका कागजातहरू लिने काममा ठगीलगायतका विभिन्न खालका झमेला व्यहोर्नुपरिरहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न पनि वडा तहबाटै त्यस्ता खालका कागजात उपलब्ध गराउन आवश्यक रहेको स्पष्ट पारे ।

उनले देशमा सानो काम गर्न पनि विभिन्न खालका झमेला व्यहोर्नुपर्ने भएपछि नेपाली युवाहरू श्रमको खोजीमा बिदेसिन बाध्य हुनुपरेको समेत स्पष्ट पारे । उनले राज्यले श्रमिकहरूको हितमा काम गर्न नसक्दा उनीहरू दलालहरूको फन्दा फस्नुपर्ने अवस्था आएको समेत स्मरण गराए । 

मन्त्री भण्डारीले राज्यले उपस्थिति नदेखाएका कारण नेपाली श्रमिकहरू देशभित्रै ठगीको चपेटामा पर्नुपर्ने अवस्था आएको समेत बताए ।

त्यस अवसरमा उनले युवाहरूलाई देशभित्र श्रम गरेर केही गर्ने संकल्प गर्न पनि आग्रह गरे । नेपाली युवाहरूमा माग बढी तर काम नगर्ने प्रवृत्ति समस्याको रूपमा रहेको उनको भनाइ थियो ।

सम्बन्धित खबर