२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्य

Nada
२०८२ पुष ९ गते १६:०६
Shares
वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्य

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशक परिवर्तन गरेको छ ।

ncell

यसअघिका महानिर्देशक कमलप्रसाद भट्टराईकाे ठाउँमा सहसचिव मीरा आचार्यलाई पठाएको छ । उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समयअघि सरुवा भएकी थिइन् ।

यसअघि पुरुषहरूले रुचि राख्ने विभाग श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा स्वच्छ छविका मन्त्री राजेन्द्रसिंह भण्डारीले नेतृत्व गरेपछि महिला सहसचिवलाई विभागकाे महानिर्देशक बन्ने अवसर जुटेको हाे । नवनियुक्त महानिर्देशक आचार्यले जिम्मेवारी सम्हालिसकेकी छन् ।

सम्बन्धित खबर