
सैनामैना : लायन्स क्लब अफ सैनामैना बोलबमले मधुमेह परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । क्लबको वार्षिक कार्यक्रमअनुसार स्वास्थ्यसम्बन्धी मधुमेह परीक्षण कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एलसीआई डिस्ट्रिक्ट ३२५ पि नेपाल जिएटी टिम युथ संयोजक लायन सुरेन्द्र घिमिरेले जनसेवाका निमित्त क्लबले गरेको सुगर परीक्षण कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने भन्दै खुलेर प्रशंसा गरे ।
कार्यक्रममाथि प्रकाश पार्दै क्लबका अध्यक्ष सौगात भट्टराईले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक कार्ययोजना अनुसार कार्यक्रम गरिएको बताए । बुटवल हस्पिटल प्रा.लि.का स्वास्थ्यकर्मी टीका थापा र जमुना बगालेले सेवाग्राहीहरूको सुगर परीक्षण गरेका थिए ।
सैनामैना नगरपालिका वडा नं.२ इन्द्रेणी टोलस्थित शिवालय मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा करिब १२० जनाको मधुमेह परीक्षण गरिएको जानकारी क्लबका अध्यक्ष भट्टराईले दिए । कार्यक्रममा इन्द्रेणी टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद अधिकारी, गोदावरी सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी जोशी, डिस्ट्रिक्ट एडभाइजर चित्र के.सी., प्रमुख अतिथि सुरेन्द्र घिमिरेलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ सैनामैना बोलबमका अध्यक्ष लायन सौगात भट्टराईको अध्यक्षता, एलसीआई डिस्ट्रिक्ट ३२५ पि नेपाल जिएटी टिम युथ संयोजक लायन सुरेन्द्र घिमिरेको प्रमुख आतिथ्यता तथा सैनामैना नगरपालिका वडा नं. २ का अध्यक्ष अमर कँडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा इन्द्रेणी टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद अधिकारी, शिव मन्दिर निर्माण समिति अध्यक्ष गोविन्द घिमिरे, डिस्ट्रिक्ट एडभाइजर चित्र बहादुर.के.सी., डिस्ट्रिक्ट चिफ लायन तिलक के.सी., चार्टर्ड प्रेसिडेन्ट लायन हरि पोखरेल, क्लबका पदाधिकारीहरू तथा गोदावरी सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी जोशीलगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम क्लबकी तृतीय उपाध्यक्ष माया जोशीको संयोजकत्व, प्रथम उपाध्यक्ष लायन लक्ष्मी श्रेष्ठको स्वागत मन्तव्य तथा क्लबकी सचिव लायन सुनिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।