२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पेरिस ओलम्पिकमा नेपालकी जुडो खेलाडी मनिता एक मिनेटमै बाहिरिइन्

ADV
मध्यान्ह
२०८१ साउन १४ गते १७:०९
पेरिस ओलम्पिकमा नेपालकी जुडो खेलाडी मनिता एक मिनेटमै बाहिरिइन्

काठमाडौँ : पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन् । मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग पराजित भएसँगै पहिलो चरणबाटै आउट भएकी हुन् । उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन् ।

मनितालाई एक मिनेटमा सर्वियन खेलाडी पेरिसिकले पराजित गरिन् । यो जितसँगै पेरिसिकले अन्तिम १६ को यात्रा तय गरेकी छन् । मनितासँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको चुनौती समाप्त भएको छ । 

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा पनि समूह चरणमा बाहिरिएका थिए । पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise